६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले आगामी जेठ ३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते अपराह्न ४ बजे बैठक बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

संविधानबमोजिम आगामी जेठ १५ गते सरकारले आगामी वर्षको आर्थिक वर्षको बजेट संसद्मार्फत सार्वजनिक गर्नुपर्ने छ । बजेट सार्वजनिक गर्नुअघि सरकारले बजेटबारे छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने परम्परा छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन बोलाउने कानूनी व्यवस्था रहेको छ ।