• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

पत्रकार महासङ्घका अध्यक्षलाई स्पष्टीकरण



काठमाडौँ । निर्वाचन आयोगले नेपाल पत्रकार महाङ्घका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको विषयमा चौबीस घन्टाभित्र जवाफ दिन स्पष्टीकरण माग गरेको छ ।

शिलापत्र अनलाइनमा प्रकाशित ‘पत्रकार महासङ्घका अध्यक्ष भन्छन्, ‘निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामी मान्न जरुरी छैन’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सङ्घ÷संस्थाका तर्फबाट निर्वाचन आचारसंसिहता, २०७८ का सन्दर्भमा प्रतिबद्धता जनाउन आयोजित आयोगमा कार्यक्रममा महासङ्घका तर्फबाट निर्वाचन आचारसंहितामा भएका प्रावधान इमान्दारिताका साथ पालना गर्न गराउन प्रतिबद्धता व्यक्त भएको स्मरण पनि गराएको छ ।

‘निर्वाचन आचारसंहिता, २०७८ कार्यान्वयनका सन्दर्भमा आयोगबाट गत चैत २९ गते गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा तपाईं स्वयं स्रोत व्यक्तिका रुपमा सहभागी हुनुभएकै हो ।’ आयोगले महासङ्घका अध्यक्ष पोखरेललाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘आयोगबाट काठमाडौँमा आयोजित कार्यक्रममा तपाईंले आचारसंहिताबारे बोल्नुभएको कुरा र जनाउनुभएको प्रतिबद्धतासम्बन्धी सामग्रीसमेत आयोगमा सुरक्षित नै छ । तपाईंलाई आयोगले जारी गरेको निर्वाचन आचारसंहिताका समग्र प्रावधानका बारेमा जानकारी छैन भन्ने बारेमा आयोग विश्वस्त हुन सक्दैन ।’ आयोगले स्पष्टीकरणपत्रमा भनिएको छ, ‘आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन भनी तपाईँले भन्न मिल्छ, मिल्दैन ? आयोगबाट जारी आचारसंहिताको कुन प्रावधानले पत्रकार एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको छ ? साथै आचारसंहिताको कुन प्रावधानले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताबाट सम्बन्धित पक्षलाई वञ्चित गरेको छ ? पत्रका महासङ्घको सभापति जस्तो पदमा आशिन व्यक्तिले यस्तो गैह्र जिम्मेवार अभिव्यक्ति दिन सुहाउँछ ?’