५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

लिभरपुल र टोटेनहमले अंक बाँडे, वल्भ्ससँग बराबरीमा रोकियो चेल्सी

लिभरपुल र टोटेनहमले अंक बाँडे, वल्भ्ससँग बराबरीमा रोकियो चेल्सी
अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् ।

शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५६ औं मिनेटमा टोटेनहमले सन हेउंग मिनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ७४ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

त्यसपछि दुबै टिमले गोल गर्ने प्रयास गरेपनि गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरी सँगै लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ३५ खेलबाट ८३ अंक छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी समान अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै, टोटेनहम ३५ खेलबाट ६२ अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले वल्भ्ससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोमेलु लुकाकुले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछाडि अर्थात् ५८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

तर, ७९ औं मिनेटमा फ्रान्सिस्को ट्रीन्साओले गोल गर्दै वल्भ्सलाई २-१ को स्थितीमा ल्याए । खेलको इन्जुरी समयमा अन्तिम क्षणमा कोनोर कोडीले गोल गर्दै वल्भसलाई हारबाट जोगाए ।

बराबरीसँगै ३५ खेलबाट ६७ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ भने वल्भ्स समान खेलबाट ५० अंकसहित आठौं स्थानमा रहेको छ ।