२ पुष २०८२, बुधबार
,
Latest
संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नु’



अ+ अ-

हेटौंडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र सो कार्य गरेको पाएमा आवश्यक कारबाहीका लागि तत्काल निर्वाचन कार्यालयमा सूचना दिन आग्रह गरेको हो ।

यस्तै, बैठकले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नेरगराउने निर्णय गरेको छ ।

यसैगरी, निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीले सामाजिक सञ्जालमा कुनै राजनीतिक दलको प्रचारप्रसारमा संलग्न रहेको देखिएकाले निजलाई उक्त सहायक निर्वाचन अधिकृतको पदबाट हटाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।