२७ फाल्गुन २०८१, मंगलवार
March 11, 2025 Tuesday
Latest
हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन राष्ट्रिय सुरक्षामा देखिएका नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड नदिनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यकः उपप्रधानमन्त्री सिंह वनमन्त्री शाहीसँग र बेलायती राजदूतको शिष्टाचार भेट ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी गण्डकीका तीन लाखबढी परिवारको स्वास्थ्य प्रोफाइल तयार मालिका गाउँपालिकाले मनायो स्थापना दिवस प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता गण्डकी प्रदेश विजयी चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने बागमती प्रदेश सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल कुहिएको फर्सि: केपी ओली



अ+ अ-

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाललाई कुहिएको फर्सिको संज्ञा दिनुभएको छ । शुक्रबार रौतहटको चन्द्रनिगनहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो ‘नेकपा एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफै कुहिएको फर्सी हुन् ,कुहिएको फर्सी भएकै कारण अहिले कांग्रेस र माओबादीको पछि पछि लागेर हिडिराख्नु परेको छ’ ।

ओलीले चितवनमा हिजो प्रचण्ड भोट माग्न हैन जनतालाइ धम्काउनु पुगेको समेत बताउनुभयो । प्रचण्डले चितवनको भरतपुरमा आयोजित आमसभामा भरतपुर महानगरपालिकाको गठबन्धन उम्मेदवार रेणु दाहाललाई भोट नहाले देशमा दुर्घटना हुने भन्ने धम्की दिएको स्मरण गदै ओलीले भन्नुभयो ‘अब त्यस्तो धम्कीले जनताले भोट हाल्दैन ।’

अध्यक्ष केपी ओलीले पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ्ग कलेजमा पढदै गर्दा आफुले माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको बताउनुभयो । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाएपछि उहाँलाई पार्टीबाट हटाएको बताउदै  ओलीले भन्नुभयो ‘मैले सर्पको बच्चालाई दुध खुवाएको रहेछु ।’गौरमा आयोजित आम सभामा पनि अध्यक्ष ओलीले भन्नुभयो ‘पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलङ्घार जन्मीएको रहेछ ।’ ‘माधव नेपाल कुलङ्घार हुन ।’ ओलीले भन्नुभयो ‘घरमा परिवारमा वा पार्टीमा एउटा कुलङ्घार निस्कियो भने त्यसले विनास गर्छ ।’

माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाएपछि पार्टीले सोही बेला सर्तकता अपनाएको उहाँले बताउनुभयो । कुपात्र भनेर चिनेपछि आफुले माधव नेपाललाई पार्टीबाट हटाउनु परेको उहाँले बताउनुभयो । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको उहाँको आरोप थियो । रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपालनै भएको उहाँको तर्क थियो ।

गौरको राइसमिलमा नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताउनुभयो। गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेले स्थानिय निर्वाचनमा आफ्नो जनमत प्रमाणित गर्ने उहाँले दावी गर्नुभयो ।

एमाले अध्यक्ष  ओलीले चन्द्रपुर नगरपालिकाका नगर प्रमुख उमेदवार शिव आचार्यलाइ जिताएर पठाए चन्द्रपुर नगरपालिकाको बिकासको जिम्मा आफुले लिने बताउनुभएको छ ।