५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरूले गठबन्धनको विरोध गरे: देउवा



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरूले गठबन्धनको विरोध गरेको आरोप लगाउनु भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन वर्षौंसम्म बचाएर लैजानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘म त भन्छु यो गठबन्धन धेरै वर्षसम्म बचाउनुपर्छ । गठबन्धन गर्दा सबैलाई फाइदा हुन्छ ।’

सभापति देउवाले देशको राजधानी सहरमा महिला उम्मेदवारले मेयरमा हार्नै नहुने समेत बताउनु भयो । उहाँले भन्नुभयो ‘सिर्जना सिंह योग्य महिला हुन् । राम्रो काम गर्ने वचन दिएकी छिन् । काठमाडौंजस्तो राजधानीमा महिला हार्नुहुँदैन । दुनियाँले के भन्छ ? राजदूतहरू यहीँ छन्, महिला हरायो भन्छन् । भरतपुरमा रेनुलाई पनि हराउन हुँदैन ।’

उहाँले भन्नुभयो देशकै राजधानीमा महिलालाई हराउँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना हुन्छ ।  सभापति देउवाले भन्नुभयो ‘बुबाआमाले प्रकाशमानसँग बिहे गरिदिए त सिर्जनाको के दोष ? रेनुले पनि प्रचण्डकै छोरी बन्छु भनेर जन्मेको त हैन नि ? त्यसैले राम्रो काम गर्नेलाई जिताउनुपर्छ।’

तस्बिर- रत्न श्रेष्ठ, रासस