२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरूले गठबन्धनको विरोध गरे: देउवा



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरूले गठबन्धनको विरोध गरेको आरोप लगाउनु भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन वर्षौंसम्म बचाएर लैजानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘म त भन्छु यो गठबन्धन धेरै वर्षसम्म बचाउनुपर्छ । गठबन्धन गर्दा सबैलाई फाइदा हुन्छ ।’

सभापति देउवाले देशको राजधानी सहरमा महिला उम्मेदवारले मेयरमा हार्नै नहुने समेत बताउनु भयो । उहाँले भन्नुभयो ‘सिर्जना सिंह योग्य महिला हुन् । राम्रो काम गर्ने वचन दिएकी छिन् । काठमाडौंजस्तो राजधानीमा महिला हार्नुहुँदैन । दुनियाँले के भन्छ ? राजदूतहरू यहीँ छन्, महिला हरायो भन्छन् । भरतपुरमा रेनुलाई पनि हराउन हुँदैन ।’

उहाँले भन्नुभयो देशकै राजधानीमा महिलालाई हराउँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना हुन्छ ।  सभापति देउवाले भन्नुभयो ‘बुबाआमाले प्रकाशमानसँग बिहे गरिदिए त सिर्जनाको के दोष ? रेनुले पनि प्रचण्डकै छोरी बन्छु भनेर जन्मेको त हैन नि ? त्यसैले राम्रो काम गर्नेलाई जिताउनुपर्छ।’

तस्बिर- रत्न श्रेष्ठ, रासस