२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले ल्यायो सनराइज दोब्बर मुद्दती योजना



अ+ अ-

काठमाडौं । सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना ल्याएको छ । आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु एक लाख जम्मा गरी मुद्दती खाता खोल्न सक्ने बैंकले बताएको छ ।

यस योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिने भने विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिएको बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

यसै गरी ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिदै हरेक बचत खाता स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई रु ५ लाख सम्मको घातक रोग खर्च रु दश हजार सम्मको प्रशुति खर्च समेत प्रदान गर्दै आएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।