३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई अलगथलग पार्ने प्रयास हुदैछ: रामचन्द्र पौडेल



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसहरुलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरु उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताउनुभएको हो । उहाँले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु भएको बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘केपी ओलीलाई निमित्त नायक बनाएर यो मुलुकलाई अस्थिरताको भुमरितिर धकेलिएको छ । निमित्त नायक बन्नुभएको छ केपी ओली । यो मुलुकको अस्थिरताको कारक उहाँ बन्नुभएको छ । उहाँले पटक–पटक संसदमाथि प्रहार गर्नुभयो । पटक–पटक यहाँको स्थायित्वमाथि प्रहार गर्नुभयो । पटक–पटक उहाँले यो मुलुकको सुशासनमाथि प्रहार गर्नुभयो । र मुलुकलाई अस्तव्यस्त गराउने काम गर्नुभएको छ । आज उहाँलाई बलियो बनाउन, ओलीलाई नै बलियो बनाउनका लागि यो गठबन्धनलाई कमजोर पार्ने खेल भएको छ ।

यो गठबन्धनभित्रै पनि गठबन्धनभित्रैका मानिसहरुलाई समेत उक्साएर हामी हसियाँ हथौडामा छाप हान्दैनौँ । हामी रुखमा छाप हाल्दैनौँ । हामी यसमा छाप हाल्दैनौ भनेर आफ्नो लकिरको फकिर समात्न लगाएर यो गठबन्धनलाई कमजोर पार्ने कोसिस भएको छ । यो गठबन्धन कमजोर पार्ने भनेको अस्थिरतालाई बलियो बनाउनु हो । अस्थिरताको शक्तिलाई शक्ति दिनु हो । आज जुन प्रवृत्ति देखा परेको छ देशमा, मुलुकलाई अस्थिरतातिर लाने । मुलुकलाई संकटतिर धकेल्ने । र यो मुलुकमा बाहिर राष्ट्रवादको खोल ओढेर भित्र–भित्र लम्पसारवाद अपनाउने त्यो किसिमको प्रवृत्तिलाई आज गठबन्धन कमजोर पारेर त्यसलाई बलियो बनाउने कोसिस भएको छ ।’

वरिष्ठ नेता पौडेलले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले नै संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको भन्दै वदलिदो व्यवस्था अनुसार आफुलाई परिवर्तन गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । वर्तमान गठबन्धन नेपालको संविधानले नै माग गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विगतको जस्तो पार्टीहरुका बिचमा सिद्धान्तको लडाइँ नभएकाले देशको मुल समस्यालाई हेरेर एक ठाउँमा हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘म मेरा साथीहरुलाई भन्न चाहान्छु यो संकिर्णता समातेर होइन । अंगालेर होइन । अलिकति खुला भएर राष्ट्रको आवश्यकता के हो ? लोकतन्त्रको आवश्यकता के हो ? देशको आवश्यकता के हो ? किन राजनीतिक स्थिरता चाहियो ? किन यो संविधान जोगाउनु प¥यो ? किन लोकतन्त्र जोगाउन प¥यो ? त्यो हाम्रो साझा मिशन । .यो गठबन्धनको मिशनमै यो परिवर्तनलाई जोगाउने हो । अग्रगमनलाई बचाउने हो । त्यसोभएकाले अग्रगामी गठबन्धन हो । प्रगतीशिल गठबन्धन हो । अहिलेको संविधानलाई भत्काएर लोकतन्त्रलाई अलगथलग पारेर यो मुलुकमा अस्तव्यस्त गराउने जुनकिसिमको प्रवृत्ति एकातिर हिजोका पुरातन तत्वहरु प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । त्यो प्रतिगामीहरुको गठबन्धन हो भनेर मैले सधै भन्ने गरेको छु ।

आज त्यसैको विचको यो द्वन्द हो । कांग्रेस र कम्युनिष्टको झगडा होइन, आज प्रतिगामी शक्ति र परिवर्तनकामी शक्तिको बिचको द्वन्द भएको छ । यो प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एकजुट भएर यो मुलुकलाई जोगाउनु पर्छ । पुराना सानातिना कुरामा अल्मल्लिने होइन, मुल कुरामा हामीले ध्यान दिउँ । संविधानले पनि संयुक्त सरकारको आवश्यकता र अनिवार्यता औँल्याइसकेको छ । कोलिशन कल्चरको एउटा संस्कृति, संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको छ यो संविधानको समावेशीताको व्यवस्थाले गर्दा । त्यो बदलिदो व्यवस्था अनुसार हामीले आफुलाई परिवर्तन गर्न सक्नुपर्छ । यो अहिलेको संविधानको अपेक्षा हो, संविधानको माग हो यो गठबन्धन ।

नेपालको परिवर्तित व्यवस्थाको माग हो यो गठबन्धन । त्यसकारण यो गठबन्धलाई बलियो बनाएर लैजाऔँ । एक अर्कामा सहयोग गर्ने नयाँ सोचको विकास गरेर जाऔँ । पुरानो संकिर्ण सोचबाट अलिकति अगाडी बढौँ । सिद्धान्तको लडाइँ जुन हिजो थियो आज त्यो रुपमा चर्को रुपमा छैन यहाँ । मुल समस्या देशको त्यसलाई हेरेर एक ठाउँमा हुनुपर्ने आवश्यकताको महशुस भएको अवस्था छ ।’

वरिष्ठ नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदातालाई भोट हाल्न पनि सिकाउन जरुरी रहेको बताउनुभयो ।

तस्बिर- रत्न श्रेष्ठ, रासस