• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो ★   इलाम र बझाङमा आज उपनिर्वाचनः ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने ★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य 

थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निबेदन दिएका आलमको माग अस्वीकार



काठमाडौं ।सर्बोच्च अदालतले २०७० सालको निर्वाचन बेला १७ जना मजुदरलाई इँटा भट्टामा राखेर मारेको अभियोगका थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमले थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै पेश गरेको निवेदलाई अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रवार भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै उनलाई थुनामै राख्न आदेश भएको हो ।

आलमले कोभिड –१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत २०७७ भदौ ३१ मा रिहाईको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।