• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निबेदन दिएका आलमको माग अस्वीकार



काठमाडौं ।सर्बोच्च अदालतले २०७० सालको निर्वाचन बेला १७ जना मजुदरलाई इँटा भट्टामा राखेर मारेको अभियोगका थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमले थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै पेश गरेको निवेदलाई अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रवार भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै उनलाई थुनामै राख्न आदेश भएको हो ।

आलमले कोभिड –१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत २०७७ भदौ ३१ मा रिहाईको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।