१६ असार २०८३, मंगलवार
,
Latest
गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । सोमबार दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् ।

अध्यादेश निष्क्रिय नभइ सरकार बिस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टी बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा थियो ।

सरकारले केही समयअघि माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो।

सोही अध्यादेशका आधारमा नेकपा (एमाले) विभाजन भएर नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेका छन् ।

यसैबिच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । 

एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ।