१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ ।

देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो । नेता सुन्दर पाण्डेका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिने छ ।

पाँच प्रदेशस्तरीय विस्तारित बैठक हालै सम्पन्न गरेको पार्टीले नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षणसमेत दिएको छ । रासस