२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित



अ+ अ-

काठमाडौं । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा ग-यो ।

जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक ४८ रनको योगदान दिए । उनी ४८ बलमा चार चौका र एक छक्कासहित ४८ रनमा अविजित रहे । त्यसैगरी चेपाश झुवायाले ३२ रन जोड्दा ब्राड इभान्सले १७ तथा रोय कैयाले १४ रन जोडे ।

बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए ।

त्यसैगरी करण केसीले २५ रन बनाए भने कुशल भुर्तेल १९ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १८, आरिफ शेखले पाँच तथा रोहित पौडेलले तीन रन जोडे । जिम्बावे ए का ब्राड इभान्सले सर्वाधिक चार विकेट लिए भने भिक्टर न्याउची, ब्रेन्डन मभुताले र चेपाश झुवाओले समान २/२ विकेट लिए । आइसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको हो । दोस्रो एकदिवसिय अभ्यास खेल शनिबार हुनेछ ।