६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमी पानीले छेक्न सकेन घरदैलो कार्यक्रम



अ+ अ-

गण्डकी । निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरपालिकामा विभिन्न दलका उम्मेदवारले घरदैलोलाई तीव्र बनाएका छन् ।

भौगोलिकरुपमा देशकै ठूलो नगरपालिका रहेका कारण पनि महानगरका प्रत्येक वडामा पुग्नु चुनौतीपूर्ण रहेको अवस्थालाई दृष्टिगत गर्दै घरदैलोलाई तीव्र बनाइएको हो । घरदैलोमा पुग्दा स्थानीयले सम्बन्धित क्षेत्रका बाटोघाटो, खानेपानीलगायतका समस्यामा ध्यानाकर्षण गराउने गरेको पोखरा महानगरपालिका–३३ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पोखरामा बिहान पानी परे पनि त्यसको परवाह नगरी दलहरूले घरदैलोलाई निरन्तरता दिएका छन् । नेकपा (एमाले) ले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका–३० मा घरदैलो गरेको छ । एमालेले आज ३०, ३१ र ३२ वडामा घरदैलो सक्ने योजना बनाएको पार्टीका जिल्ला सदस्य एकराज गिरीले जानकारी दिनुभयो । अधिकांश वडामा घरदैलो सम्पन्न भएको जानकारी दिँदै उहाँले वडा नं ६, १९, २१, २३, २४ र ३३ नं वडामा घरदैलो बाँकी रहेको बताउनुभयो ।

कांग्रेससहितका पाँच दलीय गठबन्धनले महानगरका आधाभन्दा बढी वडामा घरदैलो सम्पन्न गरेको पार्टीका जिल्ला सदस्य वर्षाकेशव पराजुलीले जानकारी दिनुभयो । गठबन्धनले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका वडा नं १९ मा घरदैलो गरेको छ । आज नै वडा नं १६ मा पनि घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

अन्य साना तथा स्वतन्त्र दलका उम्मेदवारले पनि महानगरमा घरदैलोलाई सक्रिय बनाएका छन् । घरदैलोसँगै मतदातालाई मतदाता शिक्षासमेत दिने गरिएको राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका–९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाटले जानकारी दिनुभयो । ३३ वडा रहेको पोखरा महानगरपालिकामा कुल मतदाता दुई लाख सात हजार ७१२ छन् । यसअघि विसं २०७४ को निर्वाचनमा एक लाख ६८ हजार ६७ मतदाता रहेको पोखरामा यस पटक ३९ हजार ६४५ मतदाता बढेका हुन् ।