६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

मौसमी पानीले छेक्न सकेन घरदैलो कार्यक्रम

मौसमी पानीले छेक्न सकेन घरदैलो कार्यक्रम
अ+ अ-

गण्डकी । निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरपालिकामा विभिन्न दलका उम्मेदवारले घरदैलोलाई तीव्र बनाएका छन् ।

भौगोलिकरुपमा देशकै ठूलो नगरपालिका रहेका कारण पनि महानगरका प्रत्येक वडामा पुग्नु चुनौतीपूर्ण रहेको अवस्थालाई दृष्टिगत गर्दै घरदैलोलाई तीव्र बनाइएको हो । घरदैलोमा पुग्दा स्थानीयले सम्बन्धित क्षेत्रका बाटोघाटो, खानेपानीलगायतका समस्यामा ध्यानाकर्षण गराउने गरेको पोखरा महानगरपालिका–३३ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पोखरामा बिहान पानी परे पनि त्यसको परवाह नगरी दलहरूले घरदैलोलाई निरन्तरता दिएका छन् । नेकपा (एमाले) ले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका–३० मा घरदैलो गरेको छ । एमालेले आज ३०, ३१ र ३२ वडामा घरदैलो सक्ने योजना बनाएको पार्टीका जिल्ला सदस्य एकराज गिरीले जानकारी दिनुभयो । अधिकांश वडामा घरदैलो सम्पन्न भएको जानकारी दिँदै उहाँले वडा नं ६, १९, २१, २३, २४ र ३३ नं वडामा घरदैलो बाँकी रहेको बताउनुभयो ।

कांग्रेससहितका पाँच दलीय गठबन्धनले महानगरका आधाभन्दा बढी वडामा घरदैलो सम्पन्न गरेको पार्टीका जिल्ला सदस्य वर्षाकेशव पराजुलीले जानकारी दिनुभयो । गठबन्धनले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका वडा नं १९ मा घरदैलो गरेको छ । आज नै वडा नं १६ मा पनि घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

अन्य साना तथा स्वतन्त्र दलका उम्मेदवारले पनि महानगरमा घरदैलोलाई सक्रिय बनाएका छन् । घरदैलोसँगै मतदातालाई मतदाता शिक्षासमेत दिने गरिएको राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका–९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाटले जानकारी दिनुभयो । ३३ वडा रहेको पोखरा महानगरपालिकामा कुल मतदाता दुई लाख सात हजार ७१२ छन् । यसअघि विसं २०७४ को निर्वाचनमा एक लाख ६८ हजार ६७ मतदाता रहेको पोखरामा यस पटक ३९ हजार ६४५ मतदाता बढेका हुन् ।