• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपालले जिम्बावे ‘ए’ लाई दियो १३७ रनको सामान्य लक्ष्य



काठमाडौँ । पहिलो एक दिवसीय खेलमा नेपालले जिम्बावे ‘ए’ लाई १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुआती ब्याटिङको निम्तो पाएको नेपाल ३१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । नेपालको प्रदर्शन सुरुआतदेखि नै खराब रहेको थियो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १९ र ५ रनमै आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका आरिफ शेख पनि ५ रनमै आउट भएका थिए । नेपालको सुरुआती क्रम धरापमा परेपछि लामो पारी खेल्ने दबावमा परेका दीपेन्द्रसिंह ऐरीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनी १८ रनमा आउट भए ।

सोमपाल कामीले स्कोरबोर्डमा नेपाललाई १०० रन पुर्याउन सर्वाधिक ३० रन जोडे । त्यसपछिका करण केसीले २५ रन बनाउनुबाहेक अन्य कसैले दोहोरो अंक जोड्न सकेनन् ।

जिम्बावे ‘ए’ कालागि बलिङमा ब्राड इभान्सले सबैभन्दा धेरै ४ विकेट लिए । उनले २७ रन खर्चिन ८ दशमलव ३ ओभर बलिङ गरेका थिए । त्यस्तै भिक्टर न्याउची, ब्रान्डन माभुटा र चेपास जुवावोले २÷२ विकेट लिएका थिए ।

यो समाचार तयार पार्दासम्म ब्याटिङका लागि मैदानमा उत्रिएको जिम्बावे ‘ए’ ले ७ ओभरमा एक विकेटको क्षतिमा ४६ रन बनाएको छ ।