२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४७ ग्राम ब्राउनसुगर र नगदसहित युवा पक्राउ



अ+ अ-

बनियानी । झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई १४७ ग्राम ब्राउनसुगर र रु दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०।५ मिलीग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलीग्राम ब्राउनसुगर बरामद भएको थियो । सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१ स्थितमा डेरा कोठामा जाँच गर्दा थप १४२ ग्राम ३७ मिलीग्राम ब्राउनसुगर, नगद रु दुई लाख ६९ हजार ३००, एक थान डिजिटल तराजु, एक थान क्यानोनको डिजिटल क्यामेरा र उनले चलाउँदै आएको प्र१–०१–०१२प ९५४५ नंको एफजेड मोटरसाइकलसमेत बरामद गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि इप्रका अनारमनी राखिएको छ भने झापा अदालतबाट म्याद थपको अनुमति लिएर कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ । (रासस)