६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’
फाईल फोटो
अ+ अ-

जनकपुर । वर्षौँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल निर्माण नहँुदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्णा यात्रा गर्न बाध्य छन् ।

कामविशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ । “गाउँदेखि धनुषाधाम बजारसम्म पुग्न समस्या छ”, रामपुरकी सीतादेवी यादवले भन्नुभयो, “पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर बजारसम्म पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरेर पुग्ने गरेका छन् ।”

सुक्खायाममा केही सहज भए पनि बाढीको समयमा दुई महिनासम्म स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुन्छ । “यो समस्याबारे वडा र नगरका जनप्रतिनिधिदेखि मन्त्रीसम्मलाई अवगत गराएँ, तर अझै खोलामा पुल निर्माणका लागि कुनै पहल हुनसकेको छैन”, यादवले भन्नुभयो । सो खोलामा पुल निर्माण भए सहजरूपमा बजारसम्म आवतजावत गर्न सकिन्छ । पुल निर्माणपछि गाउँबाट धनुषाधाम बजारसम्म पुग्न पाँच किलोमिटर जति मात्र हुनेछ । त्यो दूरी पैदल एक घण्टा र सवारीसाधनमा ओहोरदोहोर गर्न १० मिनेट मात्र लाग्छ । पुल निर्माण नहुँदा घुमारो बाटो प्रयोग गर्न बाध्य भएको उहाँको दुःखेसो छ ।

बालुवा खोलाको बाढीले बर्सेनी क्षति पु¥याउने गरेको स्थानीयवासीले जनप्रतिनिधिदेखि केन्द्रीय नेतालाई गुहार्दै आएका छन् । ‘‘खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाबारे गुहार्दै आएका छौँ, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्”, रामपुरकै सुभद्रा देवीले भन्नुभयो, “निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पु¥याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराए पनि आश्वासनबाहेक केही पाउन सकेका छैनौँ ।” खोलामा तटबन्धसँगै पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताले बताएका छन् ।

“चुनावका बेला भोट लिन ठूला–ठूला आश्वासन बाँड्ने नेता पदमा पुगेपछि बिर्सिने गरेका छन्”, लवटोलियाका सिम्रिक साहले भन्नुभयो, “अब बालुवा खोलामा पुल निर्माणको ग्यारेन्टी गर्ने नेतालाई मात्र हामी मत दिन्छौँ ।” बाढीले बर्सेनि वरिपरिका गाउँ डुबानमा पर्ने समस्या छ ।