६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन



अ+ अ-

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।

तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ ९सिओवी० को आज निरीक्षण भ्रमणका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्र्रियासमेत गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

निर्देशनालयका अनुसार उहाँले आजै रुपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गर्नुभएको थियो । यस्तै प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गर्नुभएको निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिनुभएको थियो ।