• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।

तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ ९सिओवी० को आज निरीक्षण भ्रमणका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्र्रियासमेत गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

निर्देशनालयका अनुसार उहाँले आजै रुपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गर्नुभएको थियो । यस्तै प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गर्नुभएको निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिनुभएको थियो ।