२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै पहिलोपटक कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु



अ+ अ-

काठमाडौं । नेपालमा पनि पहिलोपटक कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु भएको छ । कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सरकारी प्रयोगशालाहरुमा सुरुवात भएको जानकारी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो ।

हाललाई जम्मा ४२ वटा नमूनाहरु त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभाग र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सुरु गरिएको हो ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा र जैविक प्रविधि विभागमा १६ वटा जीन सिक्वेन्सिङका लागि लगिएको पनि मन्त्रालयले जनाएको छ । 

भाद्र र असोजमा संकलन भएको मध्ये ४१ वटा नमूनाहरुमा डेल्टा भेरियन्ट देखिएको र गत वैशाखमा ‘एस’ जीन नेगेटीभ भएको नमूनामा अल्फा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ ।