३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलिङले च्यापिएर महिलाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया बसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको आज उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।

टिपर चालक म्याग्दे गाउँपालिका–६ घर भई व्यास–१ चारकुने बस्ने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध सवारी ज्यान मुद्दामा आज अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।




भर्खरै