२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्त एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क १ प ५२९ नम्बरको मोटरसाईकललाई जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट ९लागुऔषध० फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक मोहमद र सोही मोटरसाईकल पछाडि सवार खानलाई जाँज गर्दा दुई पुरिया प्लास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, सात ट्याबलेट नाईट्राभेट बरामद गरिएको प्रवक्ता पाण्डेले बताउनुभयो । पक्राउ परेका दुवैलाई सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । रासस