६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने
अ+ अ-

महेन्द्रनगर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताउनुभयो । “मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्”, उहाँले भन्नुभयो, “त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ ।”

उहाँले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने जानकारी दिनुभयो । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

प्रजिअ पाण्डेका अनुसार कञ्चनपुरका नौवटै पालिकामा गरेर दुई हजार ८०० देखि तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी निर्वाचनमा खटिने छन् । प्रमुख जिल्लाअधिकारीसहित सुरक्षा प्रमुखले बिहीबार यहाँको दक्षिण क्षेत्रमा रहेको मतदान केन्द्र र स्थलको अनुगमन गर्ने कार्यक्रम छ ।

त्यसैगरी केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इण्डो नेपाल समन्वयात्मक बैठक गरेर निर्वाचनको ४८ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्न भारतीय पक्षसँग समन्वय गरिसकेको छ । भारतीय पक्षबाट पनि नेपालको स्थानीय तहको निर्वाचनका बेला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नमा सहयोग रहने जनाएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकेको छ । जिल्लामा मतदाताको कूल सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिने भएको छ । यहाँ निर्वाचनका लागि ३४१ मतदान र सहायक मतदान अधिकृतलाई महेन्द्रनगरमा शुक्रबार र शनिबार दुई चरणमा तालिम दिने जनाएको छ ।

त्यसैगरी कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँ आएको मतपत्रहरु मिलाउने काम भइरहेको बताउनुभयो । “तीन लाख १४ हजार मतपत्र आएको थियो, तीमध्ये तीन लाख जति मिलाइसक्यौँ”, उहाँले भन्नुभयो, “मतदान अधिकृत पनि जिल्लाभरि खटाउने गृहकार्य भइरहेको छ ।” निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् ।