३१ असार २०८३, बुधबार
,
Latest
नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ सार्वजनिकः एआईको प्रयोग एसएमई एक्सचेञ्जदेखि ग्रीन बन्डसम्म कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा ८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन: सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा ग्यासको आधा सिलिण्डर नीतिले उद्योगी मारमा, बजार पूर्ण सहज हुन अझै समय लाग्ने एलपी ग्यासमा परल मूल्य कायम गरी लक्षित वर्गलाई अनुदान दिन व्यवसायीको सुझाव खाना पकाउने ग्यासको आपूर्ति, सुरक्षा र मूल्यमा सांसदहरूको चासोः ग्यास सिलिण्डरलाई ‘कलर कोडिङ’ गर्न सुझाव वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली विपद्मा नसर्ने रोगको सेवा निरन्तरताको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वका खतरनाक रेलमार्गहरु



अ+ अ-

एजेन्सी । धेरैजसो मानिसहरु रेलमा यात्रा गर्न मन पराउँछन् । यात्रा गर्नका लागि रेल आरामदायक र सस्तो परिवहन हो । कैयौं रुटमा रेलमा यात्रा गर्दा मनोरञ्जन पनि मिल्ने गर्छ । किनभने रेलबाट पहाड, जंगल र नदीहरुको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताका साथै विश्वमा यस्ता थुप्रै रेलमार्ग रहेका छन् जुन एकदमै खतरनाक रहेका छन् । यसबारे थप चर्चा गरौं । 

१. दक्षिण अफ्रिकाको केप टाउन मार्ग 


दक्षिण अफ्रिकाको यो रेलमार्गमा मानिस यात्रा गर्न डराउँछन् । केप टाउन रेलवे ट्रयाक चोरी एवं हमलाको कारणले चर्चित छ । यस रेलमार्गमा धेरैजसो चोरी र हमलाको घटनाहरु भइरहन्छन् । जसकारण यहाँ कुनै न कुनै रेलको यात्रा रद्ध समेत गरिन्छ । 

२. भारतको चेन्नई – रामेश्वर मार्ग


भारतमा चेन्नई र रामेश्वर मार्गलाई जोड्ने रेलमार्ग विश्वकै खतरनार र डरलाग्दो रेलमार्ग रहेको छ । यस रुटलाई पवज ब्रिजको नामले पनि चिनिन्छ । हिन्द महासागरको माथि रहेको पवन ब्रिजको लम्बाई २.३ किलोमिटर रहेको छ । सन् १९१४ मा यस ब्रिजको निर्माण भएको थियो । जब समुद्रको सतह बढ्छ तब यस मार्गमा रेलमा यात्रा गर्नु खतरा हुन्छ । 

३. अर्जेन्टिनाको सल्टा पोलवेरिलो रुट


अर्जेन्टिनाको एक रेलवे मार्ग एकदमै खतरनाक रहेको छ । यो रुट साल्टाको चिली पोलवेरिलोसँग जोडिएको छ भने यसको लम्बाई २१७ किलोमिटर रहेको छ । यो जति खतरनाक छ त्यती नै रोमाञ्चक पनि रहेको छ । यसलाई निर्माण गर्न २७ वर्ष लागेको थियो । सन् १९८ देखि रेलमार्गमा रेलको आवतजावत हुन थाल्यो । यस रेलमार्गमा २९ पुल र २१ सुरुङ रहेको छ । 

४. जापानको एसो मियामी मार्ग


एजेन्सी । जापानमा अलास्काबाट ह्वाइटहर्स, युकोन बन्दरगाहलाई जोड्ने ह्वाइट पास र युकोन रेलमार्गमा यात्रा गर्नु रोमाञ्चकसँगै खतरनाक पनि रहेको छ । यस रुटमा रेलले तीन हजार फुट माथि उचाईमा यात्रा गर्ने भएकाले खतरनाक अनुभव लिन सकिन्छ । 

५ इक्वेडरको डेभिल्स नोज


यो रेलमार्ग समुद्री सतहबाट ९ हजार फिट उचाईमा रहेको छ । यो रेलमार्गको निर्माण ३३ वर्षमा सम्पन्न भएको थियो । यो रेलमार्ग दक्षिण अमेरिकाकै इन्जिनियरिङको बेजोड नमुना रहेको छ ।  




भर्खरै