१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वका खतरनाक रेलमार्गहरु



अ+ अ-

एजेन्सी । धेरैजसो मानिसहरु रेलमा यात्रा गर्न मन पराउँछन् । यात्रा गर्नका लागि रेल आरामदायक र सस्तो परिवहन हो । कैयौं रुटमा रेलमा यात्रा गर्दा मनोरञ्जन पनि मिल्ने गर्छ । किनभने रेलबाट पहाड, जंगल र नदीहरुको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताका साथै विश्वमा यस्ता थुप्रै रेलमार्ग रहेका छन् जुन एकदमै खतरनाक रहेका छन् । यसबारे थप चर्चा गरौं । 

१. दक्षिण अफ्रिकाको केप टाउन मार्ग 


दक्षिण अफ्रिकाको यो रेलमार्गमा मानिस यात्रा गर्न डराउँछन् । केप टाउन रेलवे ट्रयाक चोरी एवं हमलाको कारणले चर्चित छ । यस रेलमार्गमा धेरैजसो चोरी र हमलाको घटनाहरु भइरहन्छन् । जसकारण यहाँ कुनै न कुनै रेलको यात्रा रद्ध समेत गरिन्छ । 

२. भारतको चेन्नई – रामेश्वर मार्ग


भारतमा चेन्नई र रामेश्वर मार्गलाई जोड्ने रेलमार्ग विश्वकै खतरनार र डरलाग्दो रेलमार्ग रहेको छ । यस रुटलाई पवज ब्रिजको नामले पनि चिनिन्छ । हिन्द महासागरको माथि रहेको पवन ब्रिजको लम्बाई २.३ किलोमिटर रहेको छ । सन् १९१४ मा यस ब्रिजको निर्माण भएको थियो । जब समुद्रको सतह बढ्छ तब यस मार्गमा रेलमा यात्रा गर्नु खतरा हुन्छ । 

३. अर्जेन्टिनाको सल्टा पोलवेरिलो रुट


अर्जेन्टिनाको एक रेलवे मार्ग एकदमै खतरनाक रहेको छ । यो रुट साल्टाको चिली पोलवेरिलोसँग जोडिएको छ भने यसको लम्बाई २१७ किलोमिटर रहेको छ । यो जति खतरनाक छ त्यती नै रोमाञ्चक पनि रहेको छ । यसलाई निर्माण गर्न २७ वर्ष लागेको थियो । सन् १९८ देखि रेलमार्गमा रेलको आवतजावत हुन थाल्यो । यस रेलमार्गमा २९ पुल र २१ सुरुङ रहेको छ । 

४. जापानको एसो मियामी मार्ग


एजेन्सी । जापानमा अलास्काबाट ह्वाइटहर्स, युकोन बन्दरगाहलाई जोड्ने ह्वाइट पास र युकोन रेलमार्गमा यात्रा गर्नु रोमाञ्चकसँगै खतरनाक पनि रहेको छ । यस रुटमा रेलले तीन हजार फुट माथि उचाईमा यात्रा गर्ने भएकाले खतरनाक अनुभव लिन सकिन्छ । 

५ इक्वेडरको डेभिल्स नोज


यो रेलमार्ग समुद्री सतहबाट ९ हजार फिट उचाईमा रहेको छ । यो रेलमार्गको निर्माण ३३ वर्षमा सम्पन्न भएको थियो । यो रेलमार्ग दक्षिण अमेरिकाकै इन्जिनियरिङको बेजोड नमुना रहेको छ ।