६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण



अ+ अ-

वासिङटन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उहाँलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उहाँले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उहाँलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

उहाँ अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहनुभएको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुश नगर्नुभएको र घरबाटै काम गर्नेगरी तयारी गर्नुभएको पनि जनाएको छ ।