१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलका मेयर सुवेदीमाथी मुक्का प्रहार गर्ने गणेश पंगेनी धरौटीमा रिहा



अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथी मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी धरौटी तिरेर रिहा भएका छन् । इलाका प्रहरी कार्यालय बुटवललाई पंगेनीले ५ हजार रुपैयाँ धरौटी दिएपछि रिहा भएका हुन् ।

प्रहरीले उनलाई मेयर शिवराज सुवेदीमाथी मुक्का प्रहार गरेकोमा पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

स्थानिय युवक पंगेनीले भदौ ४ गते बिहान बुटवल ३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि अचानक मुक्का प्रहार गरेका थिए । स्थानिय युवक पंगेनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य पनि हुन् ।