२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलका मेयर सुवेदीमाथी मुक्का प्रहार गर्ने गणेश पंगेनी धरौटीमा रिहा



अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथी मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी धरौटी तिरेर रिहा भएका छन् । इलाका प्रहरी कार्यालय बुटवललाई पंगेनीले ५ हजार रुपैयाँ धरौटी दिएपछि रिहा भएका हुन् ।

प्रहरीले उनलाई मेयर शिवराज सुवेदीमाथी मुक्का प्रहार गरेकोमा पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

स्थानिय युवक पंगेनीले भदौ ४ गते बिहान बुटवल ३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि अचानक मुक्का प्रहार गरेका थिए । स्थानिय युवक पंगेनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य पनि हुन् ।