९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थाल्यो – अर्थशास्त्री वाग्ले



अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थालेको बताउनु भएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले श्रीलंकामा शासकले हचुवाको भरमा निर्णय गर्दा मुलुकको अर्थतन्त्रमा समस्या बढेको भन्दै वाग्लले नेपालमा पनि त्यस्तै प्रवृति हाबी हुने गरेको बताउनु भयो । वाग्लेले श्रीलंकामा जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘श्रीलंकाको जस्तो नेपालको अर्थतन्त्रमा समस्या हुँदै होइन । तर जुन शासकीय पाटाहरुका छिटाहरु छन । कुशासनका हाम्रा नीतिगत कच्चा पनका कुराहरु मिल्दा रहेछन् । हामीले यसलाई हाउगुजी पनि नदेखाउ । तर यो समस्यालाई सिर्जनात्मक रुपमा च्यानल गर्न सकियो भने थाति राखिएका संरचनागत सुधारका एजेण्डालाई अलिकति पुस दिन मिल्छकी भन्ने हो । अतिरन्जनाबाट बच्ने र अहिलेको पाष्ट प्याडमिक, अहिलको रुस र युक्रेनको युद्ध सबै बाट बाहिर आउँदै गर्दा रिफम एजेण्डालाई नज गर्ने किसिमले प्रयोग गर्नु पर्छ जस्तो लाग्छ । श्रीलंकाको प्रसंगमा तिर्न नसक्ने ऋण र पुर्ण नसक्ने सोधानान्तर घाटा समस्या श्रीलंकाको हो ।

हाम्रोमा यस्तो समस्या छैन । नेपालको जिडिपी ४४८ खर्ब नेपाली रुपैयाँ डलर भन्दा ४० अर्ब डलर जति हाम्रो जिडिपी ३ करोड जति हाम्रो जनसख्या प्रतिव्यक्ति आय १३ सयको हाराहारीमा छौं । श्रीलंका सोझो हिसाबले ८० अर्ब डलर अर्थतन्त्र हाम्रो भन्दा डब्बल जनसख्या कम २२ विलियन मात्रै हुन । प्रति व्यक्ति आय ३८ सय देखि ४ हजार छ । हाम्रो विदेशी मुद्रा सञ्चिति १० विलियनको हाराहारीमा छ । ७ महिनाको आयात धान्न सक्ने उनीहरुको १ विलियन भनिन्छ तर प्रयोग गर्न मिल्ने ५ विलियन मात्रै बेसिकल्लि टाल्टपल्टिएको अवस्था उनीहरु छन । बाहिरबाट आयात गर्ने क्षमता शुन्य रहेको छ । श्रीलंकाको जस्तै नेपालमा पनि हतारमा निर्णय गर्ने गरिएको छ ।’