३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

ट्रु कलर एपबाट हैरान हुनुहुन्छ ? यसरी हटाउनुस् आफ्नो नाम र नम्बर !

ट्रु कलर एपबाट हैरान हुनुहुन्छ ? यसरी हटाउनुस् आफ्नो नाम र नम्बर !
अ+ अ-

काठमाडौं । ट्रु कलर एप नयाँ नम्बरबाट फोन आउँदा नाम देखाउने एप हो । अहिले स्मार्ट फोन प्रयोगकर्ताले यो एप अवश्य राखेकै हुन्छन् । यसमा सम्बन्धित व्यक्तिले आफ्नो विवरण राखेमा सबै विवरण अर्को प्रयोगकर्ताले हेर्न पनि सक्छन् ।

पछिल्लो समय  केही देशले यो एपलाई असुरक्षित एप भन्दै प्रयोग नगर्न पनि आग्रह गरेका छन् । तर पनि फोन आउँदा नामको विषयमा जानकारी लिन डाउनलोड गर्ने क्रम भने रोकिएको छैन । कसैलाई अचम्म पनि लाग्न सक्छ हाम्रो विवरण कसरी सेव र सेयर गर्छ भनेर । कसैले फोटो पनि राखेका हुन्छन् । त्यो पनि फोन गर्दा कसैको नम्बरमा जान्छ ।

कुनै पनि प्रयोगकर्ताले ट्रुकलर एप डाउनलोड गरी त्यसमा लगईन गर्छन् । एपले उक्त व्यक्तिलाई केही अनुमति माग्दछ । सबैलाई यस् भन्दै पनि जाने गरेका छौं । यसले कन्ट्याक्ट नम्बरको सूचीको अनुमति समेत माग्ने गरेको हुन्छ । प्रयोगकर्ताले ट्रुकलरलाई आफ्नो अकाउन्टमा सबै कुरा एक्सेस दियो भने त्यहाँ सेभ गरेका सबै व्यक्तिको डाटा यसले आफ्नो सर्भरमा सेभ गर्छ ।

जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलरमा कुनै पनि नम्बर सर्च गर्दछ वा उसलाई कुनै अपरिचित नम्बरबाट कल आउँदछ भने यो एपले आफ्नो सर्भरमा उसको नाम तथा जानकारी सर्च गरेर देखाउँछ । यसका लागि इन्टरनेटको आवश्यकता भने हुन्छ ।

जो व्यक्ति आफ्नो पहिचान लुकाउन वा गोप्य राख्न चाहन्छन्, उनीहरूका लागि यो एपले समस्या नै पैदा गरिदिन्छ । तपाईले यो एप राख्नु भएको छैन, तर तपाईको साथीले तपाइको नंबर सेभ गरेर उसको मोबाइलमा ट्रु कलर छ भने पनि यो अरूकोमा सेयर हुन्छ ।

हटाउन यसो गर्नुहोस् :
आफ्नो सम्पर्क नम्बर ट्रुकलरको डेटा बेसमा सूचीकृत नहोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि सुरुमा तपाईंले आफ्नो अकाउन्ट डिएक्टिभेट गर्नुपर्ने हुन्छ ।

साथै कम्पनीसँग तपाईंले उसको डेटाबेसबाट आफ्नो नम्बर हटाउनका लागि अनुरोध गर्न सक्नुहुन्छ । त्यसो त ट्रुकलर प्रयोगकर्ताका लागि स्पामर, स्क्यामर, टेलिमार्केट कल र कल सेन्टरको जानकारी पत्ता लगाउन सहयोगी बन्दै आएको छ ।

यदि तपाईं आफ्नो गोपनीयताको विषयलाई लिएर चिन्तित हुनुहुन्छ भने तपाईंले यसका लागि सबैभन्दा पहिला ट्रुकलर अकाउन्ट डिएक्टिभ गर्नु नै उपयुक्त हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले यदि प्रयोग गर्नुभएको छ भने ट्रुकलर एप खोल्नुहोस् ।

अब एपको दायाँतर्फ माथि भएको मेनु बटन ९तीन वटा थोप्ला भएको० मा ट्याप गर्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् । त्यहाँ तपाईंले प्राइभेसी सेन्टर चयन गर्नुपर्ने हुन्छ र त्यसपछि अन्तिममा रहेको डिएक्टिभ बटन चयन गरी कन्फर्म गर्नुपर्ने हुन्छ ।

तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने आईफोनमा ट्रुकलर एप खोल्नुहोस् । बायाँतर्फ माथि कुनामा रहेको प्रोफाइलमा थिच्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् र प्राइभेसी सेन्टर हुँदै डिएक्टिभ गर्नुहोस् ।

यसो गर्नाले कसैले ट्रुकलरमा तपाईंको नम्बर सर्च गर्दा त्यसमा तपाईंको कुनै पनि जानकारी देखिने छैन ।