५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार

गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार
अ+ अ-

काठमाडौँ । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् ।

उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहेका छन् । उनीहरु आआफ्ना पक्षमा जनमत सिर्जना गर्न र्‍याली, घरदैलो, जुलुस तथा सभा गरिरहेका छन् । उम्मेदवारले यसपाली सामाजिक सञ्जालको भरपुर उपयोग गरेको पाइन्छ । गाउँबस्तीमा गीतसङ्गीतमार्फत पनि घरदैलो चलेको पाइएको छ ।

मुलुकका पाँच महानगर, ११ उपमहानगरसहित ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन हुन लागेकाले पनि मुलुक नै निर्वाचनमय भएको छ । त्यसमध्ये महानगरको चुनाव पेचिलो बनेको छ । यसअघि विसं २०७४ मा तीन चरणमा निर्वाचन सम्पन्न भएकाले मुलुक निर्वाचनमय बन्न सकेको थिएन तर यसपाली गाउँबस्तीमा निर्वाचनले छपक्कै छोपेको छ ।

उम्मेदवार मतदाता भेट्न खेतबारीसमेत धाइरहेका छन् । काम गरिरहेको स्थानमा पुगेर भेटघाट गर्ने र विभिन्न विकासका प्रतिबद्धतासहित मतदातालाई आकर्षित गरिरहेका पाइएको छ । सत्ता गठबन्धन दलकातर्फबाट काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंह चुनावी अभियान बोकेर मतदाताको घरघर पुग्नुभएको छ । काठमाडौँ सहरका युवालाई खेलकुदप्रति आकर्षित गराउन पहल गर्ने उहाँको प्रतिबद्धता छ । काठमाडौँलाई अन्तर्राष्ट्रिय जगतमै उच्च पहिचान दिलाउन कोसिस गर्ने र सुशासन, सुन्दर सहर, भ्रष्टाचारमुक्त र सम्पदा संस्कृतिको विकासमा योगदान दिने मतदातामाझ चुनावी प्रतिबद्धता जनाउनुभएको छ ।

नेकपा ९एमाले० बाट महानगरको प्रमुखमा उम्मेदवारी दिएका नेता केशव स्थापितले विसं २०५४ का मेयर जित्नुभएको थियो । स्थापित काठमाडौँको समृद्धिका योजनासहित महानगरका टोलटोलमा चुनावी अभियानमा सक्रिय भएको बताउनुहुन्छ । समय तालिका बनाएरै चुनावी अभियान थाल्नुभएका उहाँ नागरिकको सेवामा समर्पित हुने उद्घोषसहित मतदाता रिजाउने प्रयासमा हुनुहुन्छ ।

उता मुलुककै ध्यान केन्द्रित भएको महानगर हो चितवनको भरतपुर । विगतमा मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएकाले अहिले पनि भरतपुर चर्चाको शिखरमा नै छ । सत्ता गठबन्धन दलले चितवनमा चुनावी घोषणापत्र नै बनाएर अभियान थालेको छ । गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहाल गएको पाँच वर्षमा विकासको एउटा जग तयार भएको सुनाउनुहुन्छ । उहाँ अब बाँकी रहेका योजना पूरा गर्न र समृद्ध महानगर बनाउने योजनाका साथ चुनावी अभियानमा होमिनुभएको छ । उहाँले मतदाता माझ भरतपुरलाई मुलुककै नमूना र हेर्न लायक सहर बनाउने सङ्कल्प प्रस्तुत गर्नुभयो । उहाँले महानगरमा कृषि, स्वास्थ्य, शिक्षा र विकासमा आफ्नो ध्यान जाने पनि मतदातामाझ प्रतिबद्धता जनाउनुभएको छ ।

चितवनको भरतपुरमा एमालेका तर्फबाट उम्मेदवार विजय सुवेदीले कसले जित्ने त्यो ठूलो कुरा नभई जनताले मन लागेको उम्मेदवारलाई भोट दिन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुन्छ । भरतपुर महानगरपालिका–१३ मा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले ५० वर्ष पछाडिसम्मको विकासलाई हेरेर अहिले नै भरतपुरको गुरुयोजना बनाउन जरुरी रहेको बताउनुभएको छ । मतदातामाझ उहाँले व्यवस्थित र सुरक्षित सहर निर्माण गर्ने योजना सुनाउँदै त्यसका लागि आफूलाई आउँदो पाँच वर्ष पर्याप्त हुने बताउनुभएको छ ।

उता पोखरा, वीरगञ्ज, विराटनगर र ललितपुर महानगरसहित मुलुकका ७५३ वटै स्थानीय तहका गाउँबस्ती तथा टोल यसैगरी चुनावमय भएका छन् । जिल्लाजिल्लाबाट प्राप्त विवरण र सूचनामा जनाइएअनुसार उम्मेदवार पालिकाको विकास र समृद्धका नारा बोकेर चुनावमा लागेका छन् । उम्मेदवारले स्थानीय तहको माग र आवश्यताअनुसारका आआफ्ना प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।

पर्यटक विकास, सडक, ढल, बत्ती, हरियाली र स्वच्छ वातावरण, विपद् व्यवस्थापन, तटबन्ध जस्ता कार्यक्रम, सामाजिक विकास नागरिक सशक्तिकरण, सिमान्तकृत, विपन्न, गरीब तथा असहाय र पछाडि पारिएका व्यक्तिका लागि राहत तथा पुनस्स्थापनका कार्यक्रम उम्मेदवारका साझा प्रतिबद्धता पाइएका छन् । उनीहरुको योजनामा समृद्धि पालिका बनाउने र त्यसका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या समाधान, सांस्कृतिक सम्पदा संरक्षण गर्ने कुरा पनि समावेश छ ।

यसपाली सत्तापक्षीय राजनीतिक दलको एउटा गठबन्धन छ भने प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको अर्को गठबन्धन बनेको छ तर सबै ठाउँमा एकै खालको गठबन्धन भने छैन । मुलुकका छ राष्ट्रियसहितका दल तथा स्वतन्त्र उम्मेदवारसमेतले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये ६६ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । स्थानीय तह निर्वाचनमा एक लाख ५३ हजार २२० उम्मेदवार छन् ।

यहाँसम्म पुग्यो निर्वाचनको तयारी

निर्वाचन आयोगका अनुसार ६५ जिल्लामा एक करोड ३२ लाख बढी मतपत्र ढुवानी भइसकेका छन् । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा यसपटक एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । मुलुकका छ हजार ७४३ वडामा पनि सँगसँगै निर्वाचन हुन्छ । सरकारले दुई हजार ९४६ अति संवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । निर्वाचनका लागि एक लाख ७० हजार सुरक्षाकर्मी तथा एक लाख म्यादी प्रहरी खटाइएको छ ।

निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्नेसम्मको चेतावनी दिइसकेको छ । विभिन्न क्षेत्रमा आचारसंहिता विपरीतका गतिविधि दलबाट भइरहेको भन्दै आयोगले कतिपय उम्मेदवार र तिनका उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । रासस