१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले

सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको छ ।

मंगलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कानूनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको हो ।

उहाँले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालिन पञ्चायतको ताबेदारी गरेको आरोप लगाउनु भयो । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरुङले बताउनु भयो । उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रशारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भएपनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ति सुझावहरु कार्यान्वयन गर्न नसकिएको बताउनु भयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रशारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले विश्वभरी सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताउनु भयो । नेपालका प्रत्येक भुगोलमा समाचार सेवा पु¥याउन सकेको ठूलो उपलब्धी मान्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वनजनिक प्रशारण संस्थाहरुले गरेको हो । तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्थाहरु यसको सिद्धान्त मुताविक चलाउन नसक्दाखेरि सत्ता र निश्चित व्यक्तिको चाकडि गर्ने संस्थाको रुपमा डेप्लभ भयो । त्यत्रो राम्रो काम गरको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरुको चाकडी गर्ने संस्थाको रुपमा विकास भयो । जनतालाई सही सूचना संप्रेषण गर्नुपर्नेमा त्यस्तो काम भएन । मिथ्या र झुट समाचारहरु प्रशारण गर्यो भनेर अर्को पक्षले आरोप लगाएको स्थिति हो । बहुदल आयो, २०४६ सालमा प्रजातन्त्र आयो । त्यसपछि यसलाई धेरै सुधार गर्ने प्रयास भए । धेरै उतारचडाबको बीचमा हामीले दोस्रो जन आन्दोलनमा आइपुग्दाखेरि रेडियो नेपाल तथा नेपाल टेटिलभिजनहरु जस्ता सार्वजनिक प्रशारण संस्थानहरुलाई योजनाअनुसार चलाउने भनेर सुझाव समिति तथा कार्यदलहरु बने । कार्यदल तथा सुझाव समितिहरुले सरकारलाई सुझाव पनि दियो । त्यसपछि कहिले संविधान निर्माण गर्ने क्रममा, कहिले नाकाबन्दीको सामना तथा भूकम्पको मारमा परेको हुनाले सही दिशा लिन नसकेको स्थिति थियो । तर अहिले चाहीँ उ बेला सम्माननीय प्रधानमन्त्रीको कार्यकालमा पिएसबीको उत्पत्ति भयो । त्यतिबेला पास हुन सकेन । अहिले चाहीँ पारित भएर कार्यान्वयनमा आएको छ । सार्वजनिक प्रसारण संस्थाहरुले सहि दिशामा अघि बढ्छ । अब उत्कृष्टतामा विश्वास गर्ने हुनुपर्छ । उत्कृष्टतामा विश्वास गर्नु भनेको प्रतिष्पर्धा हो । त्यसकारण उत्कृष्टतामा विश्वास गर्ने संस्थाको रुपमा सार्वजनिक सेवा प्रशारण संस्था नेपाल विकास गर्न लाग्नुपर्छ । त्यो भुमिका पक्कै पनि अहिलेको सार्वजनिक प्रसारण संस्था नेपालले चाहीँ पूरा गर्नेछ भन्ने विश्वास मैले गरेको छु । हाम्रो प्रशारण सेवा विश्वभर पुग्न नसक्ला तर हाम्रो भुगोलको सबै ठाउँमा पुग्नुप¥यो । त्यति मात्र गर्न सकियो भने पनि महान उपलब्धी हुन्छ भन्ने लाग्छ ।’

नेपालभित्रका सम्पूर्ण घरहरुभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले सार्वजनिक प्रशारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।