४ फाल्गुन २०८१, आईतवार
,
Latest
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा सांसद ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग ‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल भुक्तानी सेवा ‘इसेवा’ को १२औं वार्षिक साधारणसभा सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, तथा नगद लाभांश वितरणसम्बन्धी विषयमा विस्तृत छलफल गरी पारित गरिएको थियो।

सभामा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का, तथा सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो।

इसेवाले मोबाइल टपअप सेवा मार्फत आफ्नो डिजिटल भुक्तानी सेवा सुरुआत गरेको थियो । हाल यसमा इन्टरनेट, बिजुली, खानेपानी महसुल, हवाई तथा बस टिकट, शैक्षिक शुल्क, ब्लुबुक नवीकरण, इन्स्योरेन्स लगायत २,०००ं सेवाहरू उपलब्ध गराइरहेको छ। साथै, इजी लोन, इ स्पिकर, र मर्चेन्ट लिङ्क जस्ता सुविधाहरू पनि संचालनमा छन्।

यस्तै, इसेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था पनि साझेदार छन्। यसको १ करोड ३० लाखं प्रयोगकर्ता रहेका छन् भने २ लाख ८० हजारं एजेन्टहरूले सक्रिय रूपमा सेवा दिइरहेका छन्।

 




भर्खरै