३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल भुक्तानी सेवा ‘इसेवा’ को १२औं वार्षिक साधारणसभा सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, तथा नगद लाभांश वितरणसम्बन्धी विषयमा विस्तृत छलफल गरी पारित गरिएको थियो।

सभामा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का, तथा सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो।

इसेवाले मोबाइल टपअप सेवा मार्फत आफ्नो डिजिटल भुक्तानी सेवा सुरुआत गरेको थियो । हाल यसमा इन्टरनेट, बिजुली, खानेपानी महसुल, हवाई तथा बस टिकट, शैक्षिक शुल्क, ब्लुबुक नवीकरण, इन्स्योरेन्स लगायत २,०००ं सेवाहरू उपलब्ध गराइरहेको छ। साथै, इजी लोन, इ स्पिकर, र मर्चेन्ट लिङ्क जस्ता सुविधाहरू पनि संचालनमा छन्।

यस्तै, इसेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था पनि साझेदार छन्। यसको १ करोड ३० लाखं प्रयोगकर्ता रहेका छन् भने २ लाख ८० हजारं एजेन्टहरूले सक्रिय रूपमा सेवा दिइरहेका छन्।