१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्रोही नेताहरुले विप्लवलाई पार्टीबाट निष्कासन गरे



file
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवको जिम्मेवारीबाट नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट निष्कासन गरेको छ ।

बुधबार चितवनको पर्सामा सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।

यस्तै, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए ।

भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ भने विप्लव र प्रकाण्डलाई कारबाही गरेपछि दस्तावेजमाथि छलफल सुरु गरेको छ । भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ ।

यसअघि पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।