५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

तरकारी खेतीका लागि परिचित कञ्चनपुरका दुई गाउँमा चुनावी रौनक

तरकारी खेतीका लागि परिचित कञ्चनपुरका दुई गाउँमा चुनावी रौनक
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का दुई गाउँ पिपलाडी र जोनापुर तरकारी खेतीका लागि जिल्लामै परिचित छन् । दुवै गाउँका किसान वर्षभरि नै तरकारी उत्पादन गरी बजारमा बिक्री गर्नमै व्यस्त हुने गरेका छन् । स्थानीय तहको निर्वाचन सुरु भएसँगै यी दुई गाउँमा चुनावी चहलपहल सुरु भएको छ ।

चियापसलदेखि खेतबारीमै काम गर्दा चुनावकै चर्चा हुन थालेको छ । गाउँको विकासमा कटिबद्ध हुने उम्मेदवारलाई मतदान गर्न गर्न दुवै गाउँका अधिकांश बासिन्दा एकजुट छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बाट वडामा प्रतिनिधित्व गर्नका लागि उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ । यसका अतिरिक्त एक जना वडाका अध्यक्षका उम्मेदवार स्वतन्त्र रुपमा चुनावी दौडमा लागेका छन् । मुख्य प्रतिस्पर्धा तीन राजनीतिक दलका उम्मेदवारबीच नै रहेको छ । मतदातालाई आआफ्नो पक्षमा पार्नका लागि उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् । मतदातालाई रिझाउने प्रयास भएको छ ।

“उम्मेदवार घरमा मत माग्नका लागि पुग्दा कसैलाई हुँदैन भन्दैनौँ, सबैलाई ठीक छ, प्रतिबद्धता पत्र अध्ययन गर्छौ भन्छौँ”, स्थानीय मानबहादुर चौधरीले भन्नुभयो, “परिवारमा सल्लाह गरेर मतदान गर्ने कुरा सुनाउछौँ ।” उम्मेदवार भएकाले नातागोतामार्फत मतदान आफ्नो पक्षमा पार्न दबाब दिने गरे पनि यसपटक किसानका दुःख बुझेकालाई मतदान गर्ने सोच रहेको उहाँले बताउनुभयो ।

“वडाको प्रतिनिधित्व गर्ने उम्मदेवारको चर्चा परिवार एक ठाउँमा बसेका बेला हुने नै भयो”, स्थानीय वीलबहादुर डगौराले भन्नुभयो, “विगतको जस्तो मतदान यस पटक हुँदैन, तरकारी खेतीमा संलग्न किसानको बृहत्तर हितमा काम गर्नेलाई मतदान गर्छौ ।” यसका लागि टोलटोलमै छफफल भैरहेको उहाँले बताउनुभयो । किसानका लागि कृषि औजारको व्यवस्था, बीउविजन, रासायनिक मल, सिँचाइको व्यवस्था दुवै गाउँका किसानका मुख्य मुद्दा रहेका छन् ।

त्यसपछि सडकको अवस्थामा सुधारलाई दोस्रो मुद्दाका रुपमा स्थानीयवासीले अघि सारेका छन् । गाउँमा अर्को समस्याका रुपमा खानेपानी रहेको छ । शुद्ध पेयजलका लागि ओभरहेड ट्याङ्की बनाइ हेण्डपम्पको पानी पिउनुपर्ने बाध्यताबाट मुक्त गर्ने उम्मेदवारको खोजीमा यहाँका बासिन्दा रहेका छन् ।

तरकारी खेतीका लागि सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत मौसमी, बेमौसमी तरकारी उत्पादनका लागि घर घरमा प्लास्टिक टनेल निर्माण भएका छन् । चालीसभन्दा बढी किसानलाई यो कार्यक्रमअन्तर्गत खेतबारी जोत्नका लागि पावर टिलर अनुदानमा उपलब्ध गराइएको छ । रोग कीरा नियन्त्रण गर्नका लागि स्प्रे ट्याङ्कीसमेत उपलब्ध छन् । सिँचाइका लागि केही पम्पसेट समेत उपलब्ध भएका छन् ।

वडाका एक हजार २०० बढी मतदातामध्ये थोरैका घरमा मात्रै कार्यक्रमले समेट्न सकेको छ । दुई वर्षसम्म सञ्चालित कार्यक्रमअन्तर्गत रु एक करोड बढी रकम किसानको क्षमता अभिवृद्धि गरी तरकारी खेतीको उत्पादकत्व बढाउनका लागि खर्च भइसकेको छ । दुवै गाउँका किसानले अझै तरकारी खेतीका लागि बजार प्रवद्र्धन अगाडि बढाउनुपर्ने बताउँछन् । तरकारी सङ्कलन केन्द्र निर्माण गरी सहज रुपमा बजारसम्म तरकारी बिक्रीका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने कालुराम डगौराले बताउनुभयो ।

“विगतमा विजयी भएका वडाका जनप्रतिनिधिले किसानको हितमा काम नगरेका होइनन्”, उहाँले भन्नुभयो, “ती कार्य प्रयाप्त भएनन्, विगतका किसान हितका कार्यलाई अझै परिस्कृत गरी निरन्तता दिनु जरुरी छ, किसानमैत्री उम्मेदवारलाई मात्रै मतदान गर्छौँ, त्यसका लागि दुवै गाउँमा छलफल चलाइ सकेका छौँ ।”

गाउँको मुख्य सडकको केही हिस्सा कालोपत्र भइसकेको छ । केही हिस्सा कालोपत्र गर्न बाँकी छ । अन्य टोल जोड्ने सडकमा ग्राभेल भइसकेको छ । “मुख्य सडकसँगै ग्राभेल भएका सडकको स्तरोन्नति गरी कालोपत्रे गर्न सक्ने उम्मेदवारको चयन नै प्राथमिकतामा रहेको छ”, स्थानीय किसान टिकाराम चौधरीले बताउनुभयो ।

किसान हितमा काम गर्ने उम्मेदवारको प्रचारप्रचारमा दुवै गाउँका बासिन्दाले स्वस्फूर्त रुपमा घरघरमा गएर प्रचारप्रसारको कार्यसँगै मदताता शिक्षा कार्यक्रमलाई तीव्र बनाइएको उहाँले बताउनुभयो । “बदर मतको सङ्ख्या कम गर्नका लागि मतदाताको घरघरमै पुगेका छौँ”, उहाँले भन्नुभयो, “अहिले नै कुन पार्टीको कुन उम्मेदवारलाई मतदान गर्दर्छौँ भन्ने कुरा गोप्य नै राखेका छौँ, अहिले भन्दैनौँ, चुनावमा धेरै मत ल्याएर जित्ने उम्मेदवारबारे थाहा पाइहाल्नुहुन्छ नी ।” रासस