• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ? ★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम

सलाम वालेकुम भन्दै विमानस्थलमा बमको सुचना, त्यस पछि के के भयो ?



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्डलाईन टेलिफोनमा एक पुरुषले विदेशको नम्बरबाट बिहान ९ः ४० बजे फोन गर्यो ।

उसले सलाम वालेकुम भन्दै विमानस्थलको आन्तरिक टर्मिनलतर्फ सात सात वटा बम रहेको र दुई घण्टामा पड्किने बतायो । सोही व्यक्तिले फेरी ९ः५० मा फोन गरेर सोही कुरा भन्यो । ९ः४० देखि ९ः५० को अवधिमा त्यस नम्बरमा तीन वटा कल आएको छ । ती नम्बरहरुबारे हामी अनुसन्धान गर्दैछौँ ।

यसबारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पनि सूचित गरेका छौँ । सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विष्फोट हुँदैछ भनेपछि हामीले तत्कालै टर्मिनलभित्र रहेका यात्रु विमानका कर्मचारी र अन्य व्यक्तिहरुलाई बाहिर पठायौँ ।

आन्तरिकतर्फको क्षेत्र खाली गराएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित नेपाल प्रहरीको सहयोगमा सर्च भयो । करिब एक घण्टा सर्च गर्दा त्यस्तो वस्तु भेटिएन । त्यसपछि उडानहरु सुचारु गरेका छौ । करिब एक घण्टा उडान अवरोध भएका कारण बेलुका सम्म सबै अबरोध भएका उडानहरु सुचारु हुन्छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलासंग गरिएको कुराकानीमा आधारित