• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

सलाम वालेकुम भन्दै विमानस्थलमा बमको सुचना, त्यस पछि के के भयो ?



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्डलाईन टेलिफोनमा एक पुरुषले विदेशको नम्बरबाट बिहान ९ः ४० बजे फोन गर्यो ।

उसले सलाम वालेकुम भन्दै विमानस्थलको आन्तरिक टर्मिनलतर्फ सात सात वटा बम रहेको र दुई घण्टामा पड्किने बतायो । सोही व्यक्तिले फेरी ९ः५० मा फोन गरेर सोही कुरा भन्यो । ९ः४० देखि ९ः५० को अवधिमा त्यस नम्बरमा तीन वटा कल आएको छ । ती नम्बरहरुबारे हामी अनुसन्धान गर्दैछौँ ।

यसबारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पनि सूचित गरेका छौँ । सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विष्फोट हुँदैछ भनेपछि हामीले तत्कालै टर्मिनलभित्र रहेका यात्रु विमानका कर्मचारी र अन्य व्यक्तिहरुलाई बाहिर पठायौँ ।

आन्तरिकतर्फको क्षेत्र खाली गराएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित नेपाल प्रहरीको सहयोगमा सर्च भयो । करिब एक घण्टा सर्च गर्दा त्यस्तो वस्तु भेटिएन । त्यसपछि उडानहरु सुचारु गरेका छौ । करिब एक घण्टा उडान अवरोध भएका कारण बेलुका सम्म सबै अबरोध भएका उडानहरु सुचारु हुन्छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलासंग गरिएको कुराकानीमा आधारित