३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै



अ+ अ-

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैहुनुहुन्छ ।  उच्च कानूनी पदमा मनोनयनका लागि  विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ। 

ह्वाइट हाउसले मंगलबार घोषणा गरेको नामअनुसार ती उमेद्वारहरूले हवाई, रोड आइल्याण्ड, उत्तरी क्यारोलिना, कोलोराडो, ओहायो, भर्मन्ट र युएस भर्जिन टापुहरूमा संघीय अभियोजकको कार्यालयहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ। 

न्याय विभागका ९३ न्यायाधिवक्ताहरू संघीयस्तरमा आपाराधिक कार्यको अभियोजनका लागि सम्बन्धित जिल्लाहरूमा जिम्मेवार हुनेछन् । जसबाट बाइडेन प्रशासनलाई केन्द्रमा अपराध नियन्त्रणका लागि सहयोगी हुनेछ। बाइडेन प्रशासनका अनुसार ती उमेद्वारहरूको छनोट तिनीहरूको न्यायिक दक्षता, समर्पण, पेशागत क्षमता, अनुभव र स्वतन्त्र न्यापालिकाका लागि गरेको प्रतिबद्धताका आधारमा गरिनेछ । (रासस-एपी)