५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

खेतीपाती भित्र्याउन सहयोग गर्दै उम्मेदवार

खेतीपाती भित्र्याउन सहयोग गर्दै उम्मेदवार
अ+ अ-

डोटी । जिल्लामा घरदैलो अभियानलाई यहाँका विभिन्न पार्टीका उम्मेदवारहरुले तीव्र पार्न थालेका छन् । मतदान गर्ने दिन अर्थात् वैशाख ३० गते नजिकिँदै गर्दा यहाँका दलहरु अहिले स्थानीयवासीका घर घर तथा खेतबारीमै गएर आफ्ना लागि मत माग्न थालेका छन् ।

स्थानीयवासी गहुँ काट्न तथा धानको बेर्ना छर्नका लागि खेतमा बेस्त भए पनि उम्मेदवारहरु खेतमै गएर गहुँ काटीदिने तथा धानको बेर्ना छर्न सहयोग गर्ने र मत माग्ने गरेको दिपायल सिलगढी नगरपालिका–८ का स्थानीयवासी दलबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उम्मेदवारहरु खेतमै आएर मत माग्न थालेका छन्, हामी खेती किसानीमै बेस्त छौँ, हाम्रा खेतीपाती बटुल्ने काममा पनि सहयोग गर्न थालेका छन् ।” उम्मेदवारहरुले किसानलाई खेतीपाती बटुल्नेलगायतका काममा सहयोग गर्न थालेपछि अहिले किसानका काममा निकै सहज हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । उम्मेदवारहरुसँगै उनीहरुका कार्यकर्ताहरुले पनि किसानका कामहरुमा सहयोग गर्दै आइरहेको बताइएको छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चालगायतका दलका नेताहरुले आफ्ना चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) बीच जिल्लामा ताल मेल भई अहिलेसँगै घरदैलो अभियानमा जुटेका छन् भने कांग्रेस र एमाले भने अलग अलग भएर चुनावी अभियान लिएर हिँडिरहेका छन् । प्राय सबै राजनीतिक दलका नेताहरुका पर्चा पम्पलेटहरुले यहाँका सार्वजनिक स्थानहरु भरिभराउ भएका छन् । यसैगरी उम्मेदवारहरुले आफ्ना प्रचार सामग्रीहरु यहाँका विद्युत्का पोल, सार्वजनिक स्थल तथा सडकहरुमा टाँसेका छन् ।

घरदैलो अभियान लिएर घरघर तथा स्थानीयका खेतबारीमा आइरहेका नेताहरुलाई यहाँका नागरिकले शिक्षा, स्वास्थ्य, विद्युत् तथा सडकको विकास गर्नेलाई आफ्नो मत दिने माग राखेको जोरायल गाउँपालिका–४ नकु गाउँका स्थानीयवासी सोपानसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई आवश्यक पर्ने शिक्षा, सडक र स्वास्थ्य अफिस दिनेलाई हामी भोट दिन्छौँ, हाम्रा खेतमा अहिले आएर काम गरेर मात्रै भोट दिने छैनौँ ।” यसपटक स्थानीय तहमा नयाँ अनुहारसहित युवाहरु बढी उम्मेदवार भएकाले युवाले विकास गर्न सक्नेमा यहाँका स्थानीयहरु आशावादी बनेका छन् । गाउँमा चुनावी अभियान तीव्र भएसँगै कामका लागि जिल्ला बाहिर तथा छिमेकी मुलुक भारत गएका यहाँका सयौँ नागरिक अहिले गाउँ फर्किएका छन् ।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह छन् । प्रमुख निर्वाचन अधिकृत विदुर काफ्लेले नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि मात्रै सात जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त नगरपालिकाको नौ वटा वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुल्ला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ । यसैगरी शिखर नगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । शिखरमा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि ११६ जनाको उम्मेदवारी परेको छ । सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आदर्श गाउँपालिकामा ३७ पदका लागि १२० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी केआइसिंह गाउँपालिकामा ३७ पदका लागि ११८, बोगटान फुडिसल गाउँपालिकामा ३७ पदका लागि ११५ ,बडीकेदार गाउँपालिकामा २७ पदका लागि ८२ र जोरायल गाउँपालिकामा ३२ पदको लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । रासस