१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकारले एमसीसी बिर्स्यो कि के हो ?



अ+ अ-

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो कि भनेर प्रश्न गरेका छन् ।  मंगलबार आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सम्झौता गर्नेबेलाका दलहरु नै अहिले सरकारको नेतृत्वमा रहेको बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताएका हुन् ।

ओलीले प्रश्न गरे, ‘सरकारको स्मरण शक्ति कम भएको हो कि के हो ? उहाँहरूले नै सम्झौता गर्नुभएको हो । त्यतिखेरकै सम्झौता गर्नेहरू कोही प्रधानमन्त्री, कोही ुकिङमेकरु हुनुहुन्छ । साझा न्यूनतम कार्यक्रममा पनि आएन, एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि ?’