• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

निर्वाचन आयोगले माग्यो काँग्रेससँग जवाफ



काठमाडौँ । नेपाली काँग्रेस सानेपा ललितपुरसँग निर्वाचन आयोगले तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको छ ।

आयोगद्वारा जारी पत्रमा सो माग गरिएको हो । सो दलको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुचिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले सो पर्चा राखेको हो वा होइन भनी आयोगले काँग्रेससँग जवाफ माग गरेको छ ।

आयोगको पत्रमा भनिएको छ, ‘उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय (ठ) र (ढ) विपरित देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी ३ (तीन) दिन भित्र जवाफ उपलब्ध गराई दिन हुन आदेशानुसार अनुरोध गरिन्छ ।’ आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता सो दलले यसअघि गरिसकेको सन्दर्भमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त बनाउनेतर्फ आयोगले पुनः स्मरण गराएको छ ।