• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतितोला छ सयले घट्यो सुनको मूल्य ★   पारसले दिए सन्दीपलाई बधाई ★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा

नारायणप्रसाद स्मृति बास्केटबल बुधबारदेखि



काठमाडौं । क्वेस्ट इन्टरनेसनल कलेजले आफ्ना संस्थापक निर्देशक नारायणप्रसाद श्रेष्ठको स्मृतिमा पाँचौँ ‘नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता’ बुधवारदेखि सञ्चालन गर्ने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ नौ र महिलामा पाँच टोलीको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुष सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट छन् । महिला स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुने छ । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् । महिलातर्फ क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायमको सहभागिता रहने छ ।

पुरुष विधाको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार तथा महिलातर्फ पहिलो हुनेले रु ३० हजार र दोश्रोले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने क्वेस्टका निर्देशक आदर्श जोशीले जानकारी दिनुभयो । यही वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ ।