२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणप्रसाद स्मृति बास्केटबल बुधबारदेखि



अ+ अ-

काठमाडौं । क्वेस्ट इन्टरनेसनल कलेजले आफ्ना संस्थापक निर्देशक नारायणप्रसाद श्रेष्ठको स्मृतिमा पाँचौँ ‘नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता’ बुधवारदेखि सञ्चालन गर्ने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ नौ र महिलामा पाँच टोलीको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुष सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट छन् । महिला स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुने छ । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् । महिलातर्फ क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायमको सहभागिता रहने छ ।

पुरुष विधाको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार तथा महिलातर्फ पहिलो हुनेले रु ३० हजार र दोश्रोले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने क्वेस्टका निर्देशक आदर्श जोशीले जानकारी दिनुभयो । यही वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ ।