२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग



अ+ अ-

हेटौँडा । हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ ।

हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको समाचार र उजुरीका आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो ।

उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा आवश्यक कारवाहीका लागि पठाइने छ । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने गरी हटाउने निर्णयसमेत भएको सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो । साथै फेसबुकमा राजनीतिक दलको प्रचार गर्ने कर्मचारीसँग जवाफ मागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।




भर्खरै