२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग



अ+ अ-

हेटौँडा । हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ ।

हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको समाचार र उजुरीका आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो ।

उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा आवश्यक कारवाहीका लागि पठाइने छ । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने गरी हटाउने निर्णयसमेत भएको सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो । साथै फेसबुकमा राजनीतिक दलको प्रचार गर्ने कर्मचारीसँग जवाफ मागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।