• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै ★   अमेरिकामा प्रथम विद्वत् धर्मसभा ! ★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी

निर्वाचन आचारसंहिता पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई प्रमुख आयुक्त थपलियाको आग्रह



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह गर्नु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरित आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता विपरितका भए त्यसले आम मतदाताहरुमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यामहरुलाई सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘आचारसंहिता विपरित हुने दृष्यहरु नदेखाई हामीले दृष्य त खिचेका थियौं, समाचार मात्रै भन्यौं । किनभने निर्वाचन आचारसंहिता विपरितका दृष्यहरु हामीलाई देखाउन मन लागेन भन्दे पनि भयो । जे भन्दा पनि भयो । जे भन्दा राम्रो हुन्छ, त्यही भन्दा भयो । तर यसो भनिरहँदा आचारसंहिताको समाचार आईरहने अर्काेतिर आचारसंहिता विपरितका दृष्यहरु देखियो भने मान्छेहरुमा आचारसंहिता विपरित जाँदा टेलिभिजनमा आईदोरहेछ भन्ने फिलिङ भयो भने त्यो खतरा भयो । अव धेरै कष्ट सहनु परेन, दश दिन मात्रै बाँकि छ । यो १० दिन निर्वाचन आचारसंहिताका सबै बूँदाहरुलाई पालना गरेर यो मुलुकमा सबै निर्वाचनहरुलाई व्यवस्थित ढंगले संचालन गर्न सकिन्छ । यसले निर्वाचनको स्वच्छता र निष्पक्षताको ग्यारेन्टी गर्दछ भन्ने कुरामा ध्यान दिन म आग्रह गर्दछु ।’

निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्क समेत गर्नु भयो ।

कार्यक्रममा सार्वजनिक गरिएको सामूदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।