१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजु लामाले सबैभन्दा उचाइमा कन्सर्ट गरेर राखे विश्व कीर्तिमान



अ+ अ-

कामठमाडौँ । गायक राजु लामाले विश्वको सबैभन्दा उचाइमा कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका छन् । उनले सगरमाथा क्षेत्रमा छ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर कीर्तिमान राखेका हुन् ।

यो पनि पढ्नुहोस गायक राजु लामा र अभिनेत्री दिया पुन सगरमाथा आरोहण गर्दै

गायक लामाले गरेको सो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ । सगरमाथाको क्याम्प– ३ मा पुगेर जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीत गाएका थिए ।

कन्सर्टमा उनले मंगोलियन हर्ट ब्यान्डका केही चर्चित गीतसमेत गाएका थिए । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, “६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो। हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरि यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो।”

गायक लामाले सन् २०१२ मे १६ मा मेरापिक हिमालको छ हजार ४७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका बेलायती गायक ओज बेल्डोनको कीर्तिमान तोडेका हुन् ।

फोटो- राजु लामाको फेसबुकबाट