६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका उम्मेदवार राजु फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार राजु फुयाँलद्वारा भ्रष्टाचार नगर्ने कसम खाएका छन् । गत वैशाख ११ गते मेयर पदको लागि उम्मेदवारी दिएका फुयालले भगवान पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खादैँ खाएका हुन् ।

राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फुयाँलले आफूलाई परिवर्तनका पर्याय हौं भन्ने काङ्ग्रेस, कम्युनिस्ट लगायतका राजनीतिक दलहरूले लगाएका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सिमित हुन आफुहरुले भने प्रतिबद्धता पत्र बमोजिम नै जनताको सेवा गर्ने बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको उपेन्द्र कार्की, नेकपा समाजवादी तर्फबाट कृष्णहरि थापा, एमाले तर्फबाट रामशरण ढुंगाना, राप्रपाका राजु फुयाँल, राष्ट्रिय जनमोर्चाका सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवारहरु पुरुषोत्तम शर्मा चापागाईं, टप बहादुर थापा, बरुण कुमार लामा, मनिल फुयालको मेयर पदमा उम्मेदवारी परेको छ ।

नेकपा समाजवादीका उम्मेदवार कृष्ण हरि थापा गत स्थानीय निर्वाचनमा मेयर पद कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गरी निर्वाचित भएका थिए ।