• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने ★   देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा ★   उपसभामुख रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै प्रतिपक्षको आपत्ति ★   नेप्से परिसूचक ६१ अङ्कले बढ्यो ★   बंगलादेशमा प्रभावित नेपालीलाई स्वदेश फिर्ता ल्याउने सहज वातावरण बनाउन काँग्रेसको आग्रह ★   ‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ ★   संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ हुनेगरी संविधान संशोधन हुन्छः देउवा ★   बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’ ★   वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजारले दिएको छः प्रधानमन्त्री

फाष्ट ट्रयाकमा लोडर दुर्घटना:दुई चिनियाँ नागरिकको मृत्यु, चार घाइते



फोटो सौजन्य- कुमार पोखरेल

मकवानपुर ।मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौँ जोड्ने द्रुतमार्गअन्र्तगत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृत्यु भएको बताइएको छ । मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको प्रवक्ता कार्कीले बताउनुभयो । घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस