१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ



Republican presidential candidate former President Donald Trump speaks at a campaign rally, Saturday, July 20, 2024, in Grand Rapids, Mich. (AP Photo/Evan Vucci)
अ+ अ-

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्‍यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गर्नुभएको हो । उहाँको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि हुनुहुन्थ्यो ।

शुक्रबार उहाँले खचाखच भरिएको र्‍यालीस्थल ग्रान्ड र्‍यापिड्समा डेमोक्र्र्याट्सले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताउनुभएको थियो ।

उहाँले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।

गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुग्नुभएको थियो । तर मिशिगनको र्‍यालीमा उहाँले आफ्नो कानमा पट्टी बाँध्नुभएको थिएन ।