२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ



Republican presidential candidate former President Donald Trump speaks at a campaign rally, Saturday, July 20, 2024, in Grand Rapids, Mich. (AP Photo/Evan Vucci)
अ+ अ-

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्‍यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गर्नुभएको हो । उहाँको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि हुनुहुन्थ्यो ।

शुक्रबार उहाँले खचाखच भरिएको र्‍यालीस्थल ग्रान्ड र्‍यापिड्समा डेमोक्र्र्याट्सले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताउनुभएको थियो ।

उहाँले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।

गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुग्नुभएको थियो । तर मिशिगनको र्‍यालीमा उहाँले आफ्नो कानमा पट्टी बाँध्नुभएको थिएन ।