१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’
अ अ+ अ-

राँझा । बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल रु तीन अर्ब ६० करोड ९२ लाख ५६ हजार बजेट विनियोजन भएकामा ६८ दशमलव ९६ प्रतिशत रु दुई अर्ब ४८ करोड ८८ लाख १२ हजार पाँच सय ९० मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले पुँजीगत खर्चतर्फ रु दुई अर्ब २२ करोड ८२ लाख २२ हजार विनियोजन गरेकामा ६८ दशमलव ८५ प्रतिशत अर्थात् रु एक अर्ब ५३ करोड ४१ लाख ७८ हजार चार सय १४ खर्च भएको हो । चालुतर्फ ६९ दशमलव १२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट रु एक अर्ब ३८ करोड १० लाख ३४ हजारमध्ये रु ९५ लाख ४६ हजार ३४ हजार एक सय ७५ मात्रै खर्च भएको छ ।

प्रदेश सरकारले गत आव २०८०/८१ मा अघिल्ला दुई आवको तुलनामा बजेट कम खर्च गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारले चालु तर्फ ७५ दशमलव ५१ प्रतिशत, पुँजीगततर्फ ७८ दशमलव शून्य दुई प्रतिशत र कूल बजेटको ७६ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको थियो ।

त्यस्तै आव २०७९/८० मा कुल बजेटको ७३ दशमलव ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालुतर्फ ७१ दशमलव ६२ र पुँजीगत तर्फ ७४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा सङ्घअन्तर्गतका कार्यालयहरूले ८६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आवको तुलनामा बढी हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले जिल्लामा विगतको तुलनामा पुँजीगत खर्च प्रतिशत बढेको बताउनुभयो ।

सङ्घीय कार्यालयतर्फ आर्थिक वर्ष २०७८/७९ मा ७५ दशमलव ३७ प्रतिशत, आव २०७९/८० मा ७७ दशमलव १९ र आव २०८०/८१ मा ८६ दशमलव ६४ प्रतिशत विकास खर्च भएको हो । आर्थिक वर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कूल रु १८ अर्ब २४ करोड ७० लाख ९२ हजार चार सय २६ विनियोजन गरेको थियो । त्यसमध्ये पुँजीगततर्फ रु छ अर्ब १३ करोड २९ लाख १५ हजार सात सय १६ विनियोजन भएकामा रु पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार नौ सय ६९ रूपैयाँ खर्च भएको हो ।

त्यस्तै चालु तर्फ रु १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार सात सय १० विनियोजन भएकामा रु ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार छ सय २१ खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिनुभयो । अघिल्लो आव २०७९/८० मा चालुतर्फ रु १२ अर्ब २० करोड २४ लाख २७ हजार सात सय ३० विनियोजन भएकामा रु ११ अर्ब ५० करोड ४५ लाख ४६ हजार दुई सय १९ खर्च भयो भने पुँजीगततर्फ रु आठ अर्ब ४५ करोड ८६ लाख एक हजार छ सय ४२ विनियोजन भएकामा रु छ अर्ब २१ करोड आठ लाख ७६ हजार सात सय २८ खर्च भएको थियो ।

बाँकेमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन वृद्धि भएको छ । सङ्घीय सरकार र प्रदेश सरकार मातहत रहेका जिल्लास्थित कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आवको तुलनामा राजस्व सङ्कलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सङ्घतर्फ गत आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा रु २५ अर्ब दुई करोड १० लाख १८ हजार पाँच सय २० राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार एक सय ३० राजस्व सङ्कलन भएको थियो ।

प्रदेशतर्फ गत आर्थिक वर्ष २०८०/८१ मा रु ९२ करोड तीन लाख ४६ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ । त्यसअघिको आव २०७९/८० मा रु ८३ करोड छ लाख ९२ हजार दुई सय २४ राजस्व सङ्कलन भएको थियो । रासस