१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा प्रभावित नेपालीलाई स्वदेश फिर्ता ल्याउने सहज वातावरण बनाउन काँग्रेसको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नेपाली नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रवन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आईतवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनु भयो । उहाँले संसदीय दलको बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट त्यहाँ रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको बताउनु भयो ।

उहाँले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बंगलादेशमा चलिरहेको आन्दोलनमा नेपाली विद्यार्थी र अन्य नेपाली नागरिक समेत प्रभावित भइ स्वदेश फिर्तीमा समेत समस्या भइरहेको समाचार आइरहेको हुँदा उनीहरुको सुरक्षा र उनीहरुलाई स्वदेश फिर्तीको सहज व्यवस्था गर्न सरकारसँग माग गर्दछ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको छ । केहीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारमा समवेदना प्रकट गर्दै उचित राहतको व्यवस्था गर्न र बेपत्ताको खोजि कार्य तिब्र बनाउन र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गर्दछौँ । सिमलटारमा बेपत्ताको खोजि कार्यलाई अझ तिब्र पार्न यो बैठक माग गर्दछ । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न नेपाली काँग्रेसका सबै शुभेच्छुक संस्था र भ्रातृ संस्थालाई सहयोग गर्न आग्रह गर्दछौँ ।’

प्रमुख सचेतक घिमिरेले सिमलटारमा बस पहिरोले बगाउँदा बेपत्ताको खोजि कार्यलाई तिब्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न पार्टीका भ्रातृ संस्थाहरुलाई निर्देशन दिने निर्णय भएको बताउनु भयो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने र नवगठित सरकारका मन्त्रीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।